राजविराज । प्रेस मञ्च नेपाल सप्तरीको दोश्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । दोश्रो अधिबेशनबाट अध्यक्षमा भूषण कुमार सिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
आईतबार सम्पन्न भएको प्रेस मञ्च नेपाल सप्तरीको दोश्रो अधिबेशनबाट अध्यक्षमा सिहंको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा जितेन्द्र कुमार झा (जितु), सचिबमा विदयानन्द राम, सह–सचिबमा धर्मपाल राउत, कोषाध्यक्षमा प्रवेश कुमार मिश्र चयन भएको छ ।
त्यस्तै सदस्यहरुमा गंगा प्रसाद साह, रामनाथ यादव, राजु शर्मा, किशोर पासवान, रामनाथ चौधरी, सोरभ यादव, उमेश साह चन्दा साह, राधा चौधरी र रुपेश यादव रहेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |