राजबिराज, २२ फागुन । सप्तरीको तिरहुत गाउँपालिकामा बिष्णु महायज्ञ हुने भएको छ । यही फागुन २७ गते देखि विष्णु महायज्ञका लागि आज सोमबार भुमि पुजन, प्राण प्रतिष्ठान, हवन, यज्ञ प्रारम्भ हुने भएको हो ।
तिरहुत गाँउपालिका वडा नम्बर-५ लोहजारा स्थित सन्यासी बाबा मन्दिर (धरहर) स्थानमा हुनलागेको महायज्ञमा फाल्गुन २६ गते शुक्रबार कलश यात्रा र २७ गते शनिवार देखि विष्णु महायज्ञ प्रारम्भ हुने समितिका कोषाध्यक्ष बद्री अरगरियाले जानकारी दिएको छ ।
विष्णु महायज्ञ कायँक्रममा यज्ञाचार्य डा. महंथ जानकी बल्लभ दास वेदान्ती, राधादेवी जीरोगा, स्वामी कल्याणजी महाराज र गोपाल दास लगायतले प्रवचन दिने र चैत्र ५ गते आईतवार सम्म यज्ञ पुणार्हुती तथा हनुमान आराधना संत भण्डारा तथा विदाई समापन हुने यज्ञ समितिका सचिव श्याम नारायण झखरैत यादवले बताए । यज्ञ समितिका कोषध्यक्ष अरगरिया अनुसार यज्ञमा १० लाखसम्म खर्च हुने अनुमान गरीएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |