राजविराज, २३ फागुन । राजविराज सहित सप्तरी जिल्लामा उल्लासमय वातावरणमा होली पर्व मनाइएको छ ।
यसैबीच, होलीको दिन जथाभावी रुपमा होहल्ला तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने, ओभर लोड तथा मोटरसाइकलमा तीनजना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने लाई कारवाही गरिएको छ ।
मंगलबार साँझसम्ममा होहल्ला तथा ट्राफिक नियम उलंघन गरी सवारी साधन चलाउने ४० वटा मोटर साइकल र उच्छ्रिन्खल गतिविधि गर्ने ९ जना लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले होली पर्व शान्त र सभ्य तवरले मनाउनको लागि सुरक्षा योजना तयार गरिए अनुसार प्रहरी परिचालन गरी शान्ति सुरक्षाको लागि जिल्लाका संवेदनसिल ४५ स्थानमा पिकेट डिउटी, १८ स्थानमा ट्राफिक सहितको चेकिङ प्वाईन्ट, ९ वटा मोबाईल गाडी, २५ वटा क्यूआरटी परिचालन गरी हर्षौउल्लासका साथ मनाउनको लागि सुरक्षा व्यबस्था मिलाइएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |