काठमाण्डौ । बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा संसदिय दल का नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदबार बनाउने जनता समाजवादी पार्टी (जसपा) ले निर्णय गरेको छ ।
फागुन १२ गते ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने पनि सहमति भएको थियो । पार्टीको भागमा परेको उपराष्ट्रपतिमा अध्यक्ष उपेन्द्र यादवले आफ्ना विश्वासपात्र समेत रहेका सांसद रामसहायप्रसादलाई उम्मेदवार बनाउन लागेका हुन् ।
उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता फागुन २९ गते हुनेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |