काठमाण्डौ । जनमत पार्टीका सप्तरी जिल्ला इन्चार्ज ममता झालाई उपराष्ट्रपतिको उम्मेदबार बनाउने केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेको छ । जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको छ ।
यता आठ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने सहमति भए अनुसार बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा संसदिय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदबार बनाउने जनता समाजवादी पार्टी ९जसपा० ले निर्णय गरेको छ ।
राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता फागुन २९ गते हुनेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |