राजविराज । सप्तरीको तिरहुत गाउँपालिका ५ लोहजरामा शुक्रबार दिउँसो ४ बजे तिर भएको आगलागीमा अनुमानित ४० लाख भन्दा बढि मूल्य बराबरको छती भएको छ ।
स्थानीय किसुन मैरता यादवको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा सँगै टासिएको छिमेकी देव नारायण ठाकुर, उपेन्द्र ठाकुर, सत्यनारायण ठाकुर र नारायण ठाकुरको घरमा आगो लागी घरमा रहेका सम्पूर्ण सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छन् ।
आगो स्थानीयवासी, प्रहरी तथा शम्भुनाथ नगरपालिका, राजविराज नगरपालिका, कंचनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्रको मद्दतले साँझ ६ बजेतिर आगो पूर्ण रुपमा नियन्त्रणमा आएको र कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |