राजबिराज, २७ फागुन । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मबिव) क्याम्पस राजबिराजको नेतृत्व गर्न विभिन्न बिधार्थी सङ्गठनहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
शनिवार स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता गराएका हो । यसैगरी राजबिराज स्थित मविब क्याम्पस राजबिराज क्याम्पसमा उम्मेदवारी दर्ताका लागि दलका बिधार्थी भातृ सङ्गठनहरूले उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयनपत्र दर्ता गराएका छन् ।
नेकपा माओवादी, जसपा, लोसपाले संयुक्त रूपमा चुनावी तालमेल गरेर स्ववियु सभापतिमा जसपा (समाजवादी बिधार्थी युनियन) का रंजित कुमार यादब मनोनयन दर्ता गराएका छन् । यसैगरी नेकपा एमाले र नेकपा एसको संयुक्त गठबन्धन तर्फबाट सभापतिमा रंजिव साहले उम्मेदवारी दिएको हो ।
यसैगरी नेपाली काँग्रेस नेबि सँघको तर्फबाट महेश कुमार यादबले स्ववियु सभापतिको उम्मेदवार मनोनयन गराएका छन् । बिधार्थी जनमत सँघ तर्फबाट स्ववियु सभापतिमा फरक क्षमता भएका (अपांग) रामभजन मण्डललाई समान अवसरका रूपमा उम्मेदवार बनाएको जनमतका युवा नेता सुजित कुमार मण्डलले जानकारी दिए । यसैगरी आम जनता पार्टी निकट आम बिधार्थी मोर्चाले स्ववियु सभापतिमा एकमात्र छात्रा उम्मेदवार डोली कुमारी दासलाई सभापति पदमा मनोनयन दर्ता गराएका छन् ।
यता राष्ट्रिय बिधार्थी परिषदले मबिवव क्याम्पस राजबिराजका लागी स्ववियु सचिव पदमा बिनय कुमार यादबलाई मनाेनयन दर्ता गरापनि अन्तिम समयमा नेकपा माअाेवादी, जसपा, लाेसपा बिधार्थी संगठनकाे तालमेलमा स्वविय सदस्य पदमा तालमेल भएपछि उम्मेदवारी फिर्ता लिएकाे राष्ट्रिय बिधार्थी परिषदका केन्द्रीय अध्यक्ष बिवेक कुशवाहाले जानकारी दिए । यस पटक स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली अनुसार हुँदै छ ।
१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनका लागि समितिले शनिबार ११ देखि २ बजेसम्म नामावली दर्ताको समय छुट्याएको छ । उम्मेदवार बन्न २८ वर्षे उमेरहद लागू गरिएको छ । शनिबार नै प्रत्यक्ष तर्फका उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।
चैत ५ मा हुने निर्वाचनका लागि समितिले नमुना मतपत्र बनाएर क्याम्पसहरूमा समेत पठाइसकेको छ । ६२ आंगिक क्याम्पसमा १ लाख ६२ हजार मतदाता रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |