राजविराज । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई फराकिलो रनमा पराजित गरेको छ ।
सोमबार दुबईमा भएको खेलमा नेपालले घरेलु टिम युएईलाई १७० रनले पराजित गरेको हो । नेपालको जीतमा ललित राजबंशी हिरो सावित भए । उनले पाँच विकेट लिए जितसँगै नेपालले ओडिआइ र्याङ्किङमा आफूलाइ यथावत बनाएको छ भने बल्डकप खेल्ने सम्भावनालाइ बलियो बनाएको छ ।
लिग-२ को अंक तालिकामा युएईलाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ भने एकदिवसीय मान्यता जोगिएको छ । लिग-२ का अब २ खेल जिते नेपाल विश्वकप छनोटमा पुग्ने सम्भावना जीवित नै राखेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |