राजबिराज, २८ फागुन । कोशी पीडित समाजले आइतबार जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरेको छ ।
लामो समय देखि बाढी प्रभावित क्षेत्रमा काम गर्दै आएका केभिएस वर्षभरिमा गर्दै आएको क्रियाकलाप सँगै पार्दसीता बारेमा सल्लाहकार समितिलाई जानकारी गराएको छ ।
विपद उत्थानशील युवा तथा महिला उद्यमशीलता परियोजना अन्तर्गत विपद उत्थानशील उधम स्थापना गर्न युवा तथा महिलाहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने उद्देश्य रहेको केभिएसका निर्देशक देव नारायण यादबले बताए ।
जिल्लाको बाढी प्रभावित क्षेत्र सप्तकोसी नगरपालिकाको वडा ३, ६ र ७ कञ्चनरूप नगरपालिका वडा १, ४ र ५ मा विपद उत्थानशील युवा तथा महिला गतिशीलता कार्यक्रम गर्दै आएको छ । सो परियोजना सन २०२३ जनवरी २५ देखि २५ जनवरी २०२४ सम्म बाढी प्रभावित क्षेत्रमा कार्यक्रम संचालनमा ल्याएको छ ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साह, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादब, जिल्ला स्वास्थ कार्यालय प्रमुख दुनियालाल यादब, घरेलु तथा साना उधोग कार्यालय प्रमुख रेखा यादब, गैसस महासँघ अध्यक्ष दिपक झा, नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण देव खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रतिनिधि नुरलाल डंगोल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण कोशी पीडित समाजका कार्यक्रम संयोजक श्रवण चौधरीले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |