स्वस्थ जीवनशैलीको आनन्द लिनको लागि पर्याप्त निद्रा पनि आवश्यक छ । यद्यपि कतिपय व्यक्तिहरू प्राय स्लीप डिसऑर्डरका शिकार हुन्छन् । जसका कारण उनीहरुको निन्द्रा पूरा हुँदैन । यस्तो अवस्थामा तपाईलाई पनि राति निद्रा लाग्दैन । त्यसैले केही सरल टिप्स अपनाएर मिनेटमै मस्तले निदाउनुको साथै आफूलाई स्वस्थ राख्न पनि सकिन्छ । विज्ञहरुका अनुसार राति ६–८ घण्टा सुत्नु आवश्यक हुन्छ । आजको व्यस्त जीवनशैली र तनावका कारण धेरैलाई राती निन्द्रा पर्दैन । त्यसैले हामी तपाईलाई गहिरो निद्रा लिने केही उपाय बताउन गइरहेका छौं, जसको मद्दतले तपाई दिनभर सक्रिय र ऊर्जावान रहन सक्नुहुन्छ।
टाउकोमा मसाज गर्नुहोस् ⇒ राती निद्रा नलागेको अवस्थामा, मसाज थेरापी प्रयास गर्नु उत्तम विकल्प हो। यसका लागि केही तेल लिनुहोस् र आफ्नो टाउकोमा मालिस गर्नुहोस्। जसका कारण तपाईलाई धेरै आराम महसुस हुनेछ र निद्रा पनि छिट्टै आउँछ।
मनतातो पानीले नुहाउनुहोस् ⇒ राति राम्रोसँग सुत्न मनतातो पानीले नुहाउन सक्नुहुन्छ । वास्तवमा मनतातो पानीले नुहाउँदा शरीरको सम्पूर्ण थकान हट्छ । जसले गर्दा राम्रो निन्द्रा लाग्छ । यस्तो अवस्थामा सुत्नुअघि मनतातो पानीले नुहाउन नबिर्सनुहोस्।
किताब पढ्नुहोस् ⇒ पर्याप्त निद्राको लागि पुस्तक पढ्नु पनि राम्रो विकल्प हुन सक्छ। यस्तो अवस्थामा सुत्नुअघि आफ्नो मनपर्ने किताब पढ्न सक्नुहुन्छ। यसले तपाईलाई धेरै राम्रो महसुस गराउनेछ र निद्रा पनि सजिलै आउँछ।
वर्कआउट नगर्नुहोस् ⇒ कसै-कसैको सुत्नुअघि कसरत वा शारीरिक गतिविधि गर्ने बानी हुन्छ। तर यसले तपाईंको शरीर सक्रिय बनाउँछ र तपाईंलाई निद्रामा समस्या हुन सक्छ। त्यसैले सुत्नुभन्दा तीन घण्टा अगाडि कसरत नगर्नु राम्रो हुन्छ ।
सही समयमा खाना खानुहोस् ⇒ धेरैजसो मानिस रातको खाना खाएपछि तुरुन्तै सुत्छन्। यसका कारण तपाईलाई निद्रामा समस्या मात्रै नभएर पाचन सम्बन्धी समस्या पनि हुन सक्छ । त्यसैले सुत्नुभन्दा २–३ घण्टा अगाडि खाना खानु राम्रो हुन्छ ।
समय निश्चित गर्नुहोस् ⇒ राम्रो सुत्नको लागि सुत्ने र उठ्ने समय एकदम निश्चित हुनुपर्छ। यसले तपाईंलाई पर्याप्त निद्रा लिन मद्दत गर्नेछ र तपाईंको शरीर पनि दिनभर सक्रिय महसुस गर्नेछ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |