राजविराज । बिना दाइजो बिहे गर्ने नव दम्पतीलाई बाल विवाह एवम् दाइजो उन्मूलन अभियानले सम्मान गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका- ७ बभनगमा टोल निवासी युवा पत्रकार नवीन कुमार यादव र कंचनरुप नगरपालिका- ९ रूपनगर निवासी रंजना कुमारी यादव सँग यही मिति २०७९/११/२५ गते बिना दाइजो विवाह बन्धनमा बाँधिएका हुन् ।
बाल विवाह एवम् दाइजो उन्मूलन अभियानको तर्फबाट केन्द्रीय अध्यक्ष डा.सी.के. सिंह र महासचिव केदार प्रसाद साहको संयुक्त हस्ताक्षर रहेको हार्दिक बधाई तथा शुभकामना सहितको सम्मानपत्र अभियानका सदस्य संतोष यादवले नव दम्पतीलाई हस्तान्तरण गरेको छ ।
बिना दहेज विवाह गरेर समाजका लागि एउटा उदाहरणीय काजको सुरुवात गरेकोले ती युगल जोडीलाई सम्मान गरेको अभियानले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |