राजबिराज, ६ चैैत्र । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा स्ववियु निर्वाचन मतगणना गर्न बसेको सर्वदलीय बैठक निष्कर्ष बिहिन बनेको छ ।
क्याम्पस प्रशासन, सुरक्षा निकाय, निर्वाचन समिति तथा विभिन्न विद्यार्थीहरू बिच भएको सर्वदलीय बैठकमा मतगणना गर्न सम्बन्धमा कुनै सहमति नहुदाँ क्याम्पस प्रशासनले मतगणना कार्य सुचारू गर्न सकेको छैन ।
उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा सहित सुरक्षा निकायका प्रमुख नरेन्द्र कार्की, क्याम्पस प्रमुख राजिव मिश्र, निर्वाचन अधिकृत, प्राध्यापकहरू सहित बिभिन्न बिधार्थी सङ्गठनहरूको उपस्थिति रहेको छ ।
बैठकमा नेविसंघ, अनेरास्ववियु, जनमतका विद्यार्थीहरूले निर्वाचन निष्पक्ष नभई एक पक्षलाई जिताउन षड्यन्त्र भएको भन्दै असन्तुष्टि जनाउदै पुनः निर्वाचन गर्नुपर्ने माँग गरेको छ ।
यता निष्पक्ष, शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोले अविलम्ब मतगणना गर्नुपर्ने समाजवादी बिधार्थी युनियन र अखिल र लोकतान्त्रिक बिधार्थी सँघका प्रतिनिधिहरूले बैठकमा कुरा राख्दै आएको छ ।
यता नेबि सँघ र अनेरास्ववियुर बिधार्थी जनमतले १ घण्टामा समय लिएर बाहिर कुरा गरेर आउने बताएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |