राजबिराज । गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचन सकिएको ४ दिन हुन लागेपनि मविब क्याम्पस राजविराजको मतगणना सुरू हुन सकेको छैन ।
बुधवार मतगणना गर्ने सम्बन्धमा क्याम्पस प्रशासन, निर्वाचन समिति, बिधार्थी संगठनहरू बिच सहमतिका लागि बैठक बस्दै छ । तर निर्वाचनमा धाँधली भएको भन्दै काँग्रेस निकट नेबि सँघ, एमाले निकटको अनेरास्ववियु नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरमस्ववियु, जनमत पार्टी निकट, बिधार्थी जनमत सँघले पुन: मतदान हुनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् ।
यता माओवादी निकट अखिल कान्त्रिकारी, जसपा निकट समाजवादी बिधार्थी युनियन लोसपा निकट लोकत्रान्त्रिक बिधार्थी सँघले मतदान भईसकेकोले मतगणना सुरू गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् ।
सहमति जुटाउन मंगलबार बसेको बैठक निष्कर्ष बिहिन बनेपछि आज बुधवार पनि सहमतिका लागि बैठक बसिरहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |