राजविराज । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर २ पिपराहीमा बिहीवार दुईपक्ष बीच झडप हुँदा ६ जना घाइते भएका छ्न ।
बाटोको विषयलाई लिएर एकअर्का बिच कुटाकुट हुँदा उनीहरू घाईते भएका हुन ।स्थानीय ६५ वर्षीय रामदेव मण्डल र ३० वर्षीय गनु मण्डलबीच बाटोको विषयलाई लिएर दुवै पक्षबीच झैँझगडा तथा कुटपिट भएको प्रहरीले जनाएको छ ।
झडपमा रामदेव पक्षका उनीसहित उनको नातिनी १६ वर्षीया निमा कुमारी मण्डल, नाति ८ वर्षीय रुपेश कुमार मण्डल, लक्ष्मण मण्डलको छोरा १६ वर्षीय संजय मण्डल घाइते भएका छन् ।
यसैगरी गनु पक्षका ३० वर्षीय मण्डलसहित उनको आमा ६५ वर्षीया दुखनी देवी मण्डल घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाइतेहरूको रायपुर स्थित युनिक अस्पतालमा उपचार भइरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |