राजबिराज । राजबिराज ४ का नविनले आफ्नो श्रीमतीलाई यातना दिएको भन्दै कारागार चलान गरिएको छ ।
सप्तरीमा आफ्नै श्रीमतीलाई पटकपटक यातना दिने श्रीमानलाई कारागार चलान गरिएको छ ।
दासले आफ्नै श्रीमती आरती दासले दिएको जाहेरीको आधारमा पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
नवीन तथा उनको परिवारले आरतीलाई माइतीबाट ५० लाख रुपैयाँ ल्याउन भनेपछि नमान्दा उनलाई निर्घात कुटपिट गरेको आरतीले जाहेरीमा उल्लेख गरेकी छिन् ।
सोही कुटपिटले उनको गर्भ तुहिएको आरतीले बताइन् । कुटपिट पश्चात उनको गरगहना समेत सासुले खोसी लिएको उनले बताइन् ।
घरेलु हिंसा गर्दै शारीरिक मानसिक यातना दिएर घरबाट निकाला गरेपछि अदालत पुगेकी आरती अदालतको संरक्षाणात्मक आदेशले नविनको घरमा बस्दै आइरहेको बताइन् । तर उनको ससुराली परिवारले घरमा बस्न नदिने तथा अंश हक पचाउने मनसायले कोशी नदीमा परेको जग्गा उनको श्रीमानको नाममा पास गरी अंश बन्डा गरेको उनको आरोप छ ।
सो पश्चात् उनले आफ्नो हकको लागी उनीहरूको बिरुद्दमा मुद्दा दायर गरेकी बताइन् । तर, गत पुस ९ गते उनी लोक सेवा आयोगको परीक्षा दिन जनकपुर गएको बेला ससुरालिबालाहरुले उनको कोठामा रहेको सामानहरू तोडफोड गरि दिएको उनले बताइन् ।
उनी घर फर्केपछि सोधखोज गर्दा पचास लाख रुपैयाँ दाइजो ल्याउन भन्दा पुनः उनले नमानेपछि उनलाई उनीहरूले शारीरिक, मानसिक यातना दिएको उनले बताइन् ।
त्यसपछि उनले विवाह सम्बन्धिको कसुर गरेको हुँदा विपक्षीहरूलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिएको आधारमा प्रहरीले फरार रहेका आरोपी नविनलाई पक्राउ गरि पेश गर्दा उनलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेश कुमार सिंहले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |