राजविराज । दिगो विकास को लक्ष्य अपांगता भएका व्यक्तिको विकासको नारा साथ सगरमाथा अपांग कल्याण संघ सप्तरीले २२ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न गरेको छ ।
अध्यक्ष बलदेव मण्डलको अध्यक्षतामा र गैसस महासंघका केन्द्रीय सदस्य ध्रुव देवको प्रमुख आतिथ्यमामा तथा अरुण यादवको विशेस उपस्थितिमा शनिबार राजविराज वार्ड नम्बर २ मा रहेको संघको कार्यालयमा साधारण सभा सम्पन्न भएको हो ।
संघको सो अधिवेशन बाट बलदेव मण्डलको अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ, जसमा उपाध्यक्षमा राजकुमार यादव, सचिवमा चन्द्र नारायण साह, सह सचिवमा दिलिप कुमार मण्डल, कोषाध्यक्षमा देवकी राना मगर चयन भएका छन् भने समितिको सदस्यहरूमा विभा मण्डल, अशोक मण्डल, रामफल मुखिया, सुशीला देवी दास, धनराज साह, ललिता पाल, जानकी साह र लक्ष्मी मण्डल चयन भएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |