राजबिराज, १३ चैत्र । यातायात ब्यवस्था सेवा कार्यालय राजबिराजले एक वर्ष पूरा नहुँदै नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन फारम खुला गरेको छ । गत आइतबार देखि कार्यालयले अनलाइन फारम खुला गरेको छ ।
फारम भरेको १५ औ दिनमा कार्यालयमा सम्म गर्न भिजिट मिति दिने निमित्त कार्यालय प्रमुख शशी यादवले जानकारी गराए । सो कार्यका लागि शनिवार, आइतबार, सोमवार, मंगलबार अनलाइन फारम दर्ता हुने गरी सूचना जारी गरेको निमित प्रमुख यादबले बताए ।
यस कार्यालयबाट पहिलो चरणमा “ए” समुह अन्तर्गत मोटरसाइकल/स्कुटर/मोपेड “बि” अन्तर्गत कार, जीप, डेलिभरी भ्यान “सी” अन्तर्गत अटो रिक्सा, “सि वन” अन्तर्गत ई. रिक्सा ” ई” अन्तर्गत ट्रयाक्टर र “के” अन्तर्गत स्कुटर/मोपेडको लागि अनुमति पत्र (लाईसेन्स) उपलब्ध गराउने कार्यालयले जनाएको छ ।
उक्त कार्यालय राजबिराज वडा ९ स्थित मलेठमा २०७९ श्रावण ३१ गते देखि बिधिवत रूपमा तत्कालिन भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले उद्घाटन गरेपछि सेवा सुचारू हुँदै आएको छ ।
यस अघि सप्तरीवासीले लहानको सिरहावाट लाइसेन्स, सवारी दर्ता प्रमाणपत्र को नवीकरण, लगायतको सेवा लिन जानुपर्ने बाध्यता थियो ।
२० वर्ष पछि पुनः सप्तरीवाट यातायात कार्यालय संचालन गरी सेवा सुचारू गर्न तत्कालीन मन्त्रीद्वय रेणु यादब, शैलेन्द्र प्रसाद साह, राजबिराज नगरपालिका नगर प्रमुख भिमराज यादबको विशेष पहलमा तथा राजनीतिकदल, समाजसेवी, बुद्विजिवी, स्थानीयवासीहरूको प्रयासमा संचालनमा आएको राजबिराज वडा ९ का अध्यक्ष जवाहिर यादबले बताए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |