राजविराज, १४ चैत्र । रूपनी गाउपालिका २ स्थित पिपराहीमा एक इँटा भट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको मृत्यु भएको छ । घटनामा २ जना मजदुर गम्भिर घाईते भएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका २ पिपराही स्थित जेएसआर इट्टा उद्योगमा मंगलवार बिहान ७ बजेतिर इँटा निकाल्ने क्रममा अचानक पर्खाल भत्किदा भारतको पश्चिम बंगाल राज्य कुच विहार ग्राम पञ्चायत अठरजनी निवासी ४५ वर्षीय अलिम अज्मिको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेश कुमार सिंहका अनुसार पर्खालले चेपिएर गम्भीर घाईते भएका उनको स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
घट्नामा मृतककी २८ वर्षीया पत्नी भुजिन विवी र सोही ठाँउ निवासी २५ वर्षिय जनमालरुलहक घाईते भएका छन । दुबै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |