राजविराज । अहिले सञ्चार कर्मीले बोक्ने परिचयपत्र को व्यापक दुरुपयोग भइरहेको पाइएको छ । वास्तविक पत्रकार भन्दा पनि गैर पत्रकार हावी हुन थालेको छ । पत्रकारको परिचय पत्र बोकेपछि खुलमखुल्ला हिडन पाइने भएपछि गैरपत्रकारहरुले प्रेस पासको दुरुपयोग गरेको पाइएको छ ।
पत्रकारिताको बारेमा कुनै पनि ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेको भेटिएको छ । त्यस्ता ब्यक्तिलाई कतिपय मिडियाले नै गैर पत्रकारलाई कार्ड बनाइ दिएको पाइएको छ । प्रेस कार्ड र प्रेस लेखेको गाडी प्रहरीले चेकिङ पनि नगर्ने भएका कारण प्रेसको दुरुपयोग हुन थालेका छन ।
कतिपय ब्यक्तिहरू सवारी चालक अनुमति पत्र लाइसेन्स तथा ब्लुबुक नभएका व्यक्तिहरूले पनि ट्राफिक प्रहरीको कारबाहीबाट बच्नको लागी प्रेस कार्ड बोकेर हिँडने गरेको पाइएको छ । पत्रकार परिचय पत्र महत्वपूर्ण परिचय पत्र हो । विद्यार्थीको नक्कली परिचयपत्र जस्तै पछिल्लो समय पत्रकार परिचय पत्र बोकेर गैरपत्रकार हाबी भएका छन । जसका कारण सिंगो सञ्चार माध्यमको मान मर्यादालाई धज्जी उडाउने प्रयासहरू भइरहेका छन । त्यस्ता गैर पत्रकारले कति पय स्थानमा थर्काउने धम्क्याउने सम्म कार्य गर्ने गरेको पाइएको छ ।
गैरब्यक्तिलाई पत्रकार परिचयपत्र दिने सञ्चार माध्यमले पनि यो कुरा बुझन जरुरी छ । भोलि आफ्नो सञ्चार माध्यमको कार्ड लिएर कही कतै गैरकानुनी काम गर्दा आफ्नो स्टाफ भन्ने की नभन्ने रु कस्तो ब्यक्तिलाई परिचयपत्र बनाइदिने भन्ने कुरा सञ्चार माध्यम चलाउने सञ्चालकले बुझन जरुरी छ ।
पत्रकारिता जस्तो मर्यादित पेशालाई धमिल्याउने काम भइरहेको प्रति पत्रकार महासंघ कानमा तेल हालेर बसेको देखिन्छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |