राजबिराज, १६ चैत्र । नेपाल पत्रकार महासँघको ६८ औ स्थापना दिवसको अवसरमा शाखा सप्तरीले रक्तदान कार्यक्रम गरि मनाएको छ ।
बिहिवार शाखा सप्तरीको आयोजनामा गजेन्द्र नारायण सिँह अस्पताल स्थित रक्तदान संचार केन्द्रमा पत्रकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका २४ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेमा नेपाल पत्रकार महासँघका कावा अध्यक्ष बैधनाथ यादब, संचारकर्मि रक्षा चौधरी, जितेन्द्र झा, रामनारायण यादब, कमल मण्डल, रमानन्द देव, दिपेश देव जोशी, संजिव दास रहेका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयका सई प्रराज चौलागाई, सागर मल्ल, अजय चौधरी, जितेन्द्र यादब, सुमन चौलागाई, कौशल पुन, नवराज श्रेष्ठ, रामशरण महतो, शिरोमनि साह, सशस्त्र प्रहरी वल तर्फ सई सजित श्रेष्ठ, केवल कार्कि, हेमबहादुर सेढाई, कुमार सिवभक्ती, कृष्ण लामा, श्यामकुमार श्रेष्ठ, र सुजन बैरवाले रक्तदान गरेको महासँघ सचिव रामनारायण बिश्वासले जानकारी दिए ।
सो अवसरमा पुर्व मन्त्री शैलेन्द्र प्रसाद साह र शाखा सप्तरी कावा बैधनाथ यादबले संयुक्त रूपमा केक काटेर स्थापना दिवस मनाएको छ ।
उक्त अवसरमा नेपाल पत्रकार महासँघका पूर्व अध्यक्ष बैधनाथ झा, मुरली यादब, प्रेस मंचका महासचिव अबधेश झा, प्रेस मंच सप्तरीका अध्यक्ष भूषण सिँह, प्रेस युनियनका केन्द्रीय सदस्य मिथलेश यादब, , शाखा सप्तरी सचिव रामनारायण बिश्वास, कोषाध्यक्ष नवीन गुप्ता, समाजसेवी हितनारायण लाल दास, संचारकर्मि चन्दन यादब, बिन्दु यादब, प्रियासिँह थारू, कृष्णा मण्डल, परिष कर्ण, रक्त संचार केन्द्र नवीन झा, शैलेन्द्र सिँह लगायतको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |