राजबिराज, १६ चैत्र । राजबिराजमा आज रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन गरी धुमधामका साथ मनाइएको छ ।
चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा बिहानैदेखि राजबिराज स्थित राममन्दिर बिहानैदेखि पूजाआजा गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
सो अवसरमा राजबिराजमा स्थानीयवासी तथा युवाहरूको अगुवाइमा झाकी, कलश यात्रा प्रदर्शन गरेको छ । राममन्दिरबाट निकालिएको झाकी नगरको गजेन्द्र चौक, दशन चौक, कुनौली रोड हुँदै तेतरी गाछी, हनुमानमन्दिर, राजदेबी मन्दिर हुँदै नगरको विभिन्न ठाउमा परिक्रमामा गरेको छ ।
नरसिंह हिन्दु सेना नेपाल, राममन्दिर व्यवस्थापन समिति लगायत विभिन्न संघसंस्थाको अगुवाईमा १५ हजार भन्दा बढी स्थानियभक्तजन, महिला, युवा, बिधार्थी सहित विभिन्न टोल, बस्तीवाट झाकीमा सहभागिता रहेको थियो।
त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ ।
आजको दिन देशभरी रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान गरी व्रत बसी रामगीता पाठ, अध्यात्म वाल्मीकि र तुलसीकृत(रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी रातभरी भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ ।
अयोध्याका राजा दशरथको ज्येष्ठ पुत्र भई भगवान विष्णुको सातौँ अवतारको रुपमा जन्मेको बताइन्छ । राम मिथिलाका राजा जनकका पुत्री सीतासित विवाह गरी संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश गरेका थिए ।
आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएकाले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
पर्व चैती नवरात्रीको बीचमै परेकाले आजको दिन भगवान रामको साथै आदि शक्ति नव दुर्गा देवीको समेत पूजा गरिन्छ । रामनवमीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |