राजबिराज, २० चैत्र । प्रदेश सभा सदस्य सतिश कुमार सिंहले गजेन्द्र नारायण सिँह अस्पतालमा बिरामी छिटोछरितो सेवा नपाएको गुनासो गरेका छन ।
सोमबार राजविराज स्थित रहेको गजेन्द्र नारायण सिंह अस्पतालको निरिक्षण गर्दै प्रदेश सभा सदस्य सिँह अस्पतालमा आउने बिरामीले पाउने निशुल्क औषधी र समयमा ल्याव रिपोर्ट नपाएको बताए ।
उनले भने अस्पतालमा सेवालिन आएका स्वास्थ बिमा गरेका बिरामीहरूले अस्पतालवाट निशुल्क औषधी नपाएको र बिरामीले स्लाईनका लागि पानी मात्र दिने वाहेक कुनै औषधी अस्पताल प्रशासन उपलब्ध नगराएको गुनासो गरे ।
अस्पताल भित्र रहेका बेडहरूमा वेड सिट नभएको र भएकोमा पनि वेड सिट पनि नियमित नफेरेको हप्तामा पनि फेरेको नत सरसफाई गरेको पाएको प्रदेश सभा सदस्य सिँहले भने, ल्यावका कर्मचारीहरूको लापरवाही, ब्यवहारका कारण बिरामीहरूले समयमा ल्यावको रिपार्ट नपाउदाँ बिरामीहरूले सास्ती भाग्नुपरेको निरिक्षण क्रममा बिरामीहरूले गुनासो गरेको छ, रेडियोलोजिस्ट नहुदाँ अस्पतालमा सिटिस्क्यान, भिडियो एक्ससरे केही दिन देखि बन्द हुदाँ सेवा लिन बिरामीहरू समस्यामा परेका छन ।
यता मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश साह अनुसार अस्पताल प्रशासनले बिरामीहरूलाई छिटोछरितो र सहज सेवा दिन प्रतिबधत रहेको र रेडियोलोजिष्टको लागि बिभागवाट माँग गरेको बताए । अस्पताल निरिक्षणको क्रममा देखिएका समस्याको बारेमा अस्पतालका प्रमुख डा। प्रकाश प्रसाद साहलाई जानकारी गराएका थिए ।
अस्पतालको निरिक्षण गर्दै प्रदेश सभा सदस्य सिंहले अस्पताललाई स्तरोन्नति र सहयोगका लागि आफू सकारात्मक रहेको बताएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |