हरेकृष्ण साह, सप्तरी । लोकसेवा आयोगले शाखा अधिकृतको गत चैत्र ४ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी १३७०६ परीक्षार्थी मध्ये २९५७ जना उत्तीर्ण भएका छन् ।
उत्तरपुस्तिकामा कि उल्लेख नगरेका २२ जनाको र दस्तखत लगायत अन्य आवश्यक विवरण नभरेको कारण एकजनाको उत्तरपुस्तिका रद्द गरिएको छ ।
लोकसेवा आयोगले आयोगका विभिन्न कार्यालयहरू मार्फत विज्ञापन नं. १६६९६–१६७०२ र २०७८–७९ (खुला समावेशी) एकीकृत परीक्षा अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको परीक्षा २०७९ चैत्र ४ गते संचालन गरेको थियो ।
प्रथम चरण पास भएका २९०६ जना परीक्षार्थीहरूले शाखा अधिकृतमा सिफारिस हुनका लागि दोस्रो चरणको विषयगत लिखित परीक्षा तथा अन्तिम चरणको सीप परीक्षण , सामुहिक परीक्षण र अन्तर्वार्तामा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
लोकसेवा आयोगको क्यालेण्डर अनुसार एक वर्ष भन्दा अगाडि नै हुनुपर्ने परीक्षा समावेशी सम्बन्धी अदालतमा परेको मुद्दाको कारण ढिलो हुन गएको हो
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |