राजविराज, २१ चैत्र । राजविराज बजारको ट्राफिक व्यवस्था झन कमजोर बन्दै गएको छ । ट्राफिक नियम र नगर प्रशासनले लगाएको नो पार्किङ बोर्डलाई बेवास्ता गर्दै चालकले सवारीसाधन पार्किङ गर्छन् ।
राजविराजको नेता (दशन) चौक देखी डा. अशोकानन्द किल्निक सम्मको क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा पन्ध्र दिन रोडको पश्चिम र पन्ध्र दिन रोडको पूर्व साइडमा पार्किङ व्यवस्थापनको लागी नो पार्किङ जोन बनाएको हो ।
राजविराजको मुख्य सडक खण्डहरुलाई व्यवस्थित गर्ने उद्देश्यका साथ पार्किङ निषेध गरिएको छ । तर नो पार्किङमा पनि जथाभावी गाडीहरू राखिएको देखिन्छ । शहरलाई सुन्दर बनाउने उद्देश्यले बनाएको नो पार्किङ केही दिन कराई गरे पनि अहिले फेरी खुकुलो बनेको छ ।
नगरको ट्राफिक व्यवस्थामा सुधार गर्न आवश्यक छ । यसका लागि प्रशासन, समाजसेवी र राजनीतिक दलसँग बैठक बसेर ठोस पहल आवश्यक छ । मुख्य सडकमा बस, विङ्गर भ्यान, मालवाहक ट्रक, टेम्पो, म्याजिक, लगायतका सवारीसाधन ओसारपसारमा तत्काल रोक लगाउनु जरुरी छ ।
सडक अतिक्रमण र सवारीसाधन पार्किङका कारण आवत जावतको समस्यामा परेका छन् । यसबारे नगरपालिका र स्थानीय प्रशासन अनभिज्ञ छ । अतिक्रमण हटाउन कुनै पहल नभएको होइन । बिच बिचमा अतिक्रमण हटाउने काम भएकै हो । यसअघि कति पल्ट राजविराज नगरपालिकाले मेनरोड क्षेत्रका सडक अतिक्रमण हटाउने सुचना गरेको पनि छ । तर नतिजा कभरको तीन तह जस्तै निस्केको देखिन्छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |