राजविराज । निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानको आपत्तिजनक भिडियो सार्वजनिक भएको छ ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष समेत रहेका खानले एक युवतीसँग भिडियो कलमा सेक्स गरिरहेको भिडियो सार्वजनिक भएको हो । अहिले समाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएको छ ।
खानले पनि उक्त भिडियो आफ्नो भएको स्वीकार गरेका छन् । उनले भनेको छ ‘त्यो भिडियो अलिक पहिलेकै हो, मलाई फसाउने षड्यन्त्र गरिएको छ । मैले यस बारेमा प्रहरीलाई पनि जानकारी गराइसकेको छु ।
गत माघ ११ गते मन्त्री बनेका खानले चैत १७ गते मन्त्रीबाट राजीनामा दिएका थिए । खान समानुपातिक सांसद हुन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |