राजविराज, २२ चैत्र । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक नवीन थापाले जनता समाजवादी पार्टी (जसपा) नेपालका सप्तरी जिल्ला अध्यक्ष केदार यादव माथि जिल्ला प्रहरी कार्यालयमै कुटपिट गरेको सम्बन्धमा बसेको सर्वपक्षीय बैठकबाट निलम्बन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको छ ।
बुधबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय भित्र भएको घटना सम्बन्धमा बसेको सर्वदलीय बैठकबाट निरीक्षक नविनलाई निलम्बन गरी आबश्यक प्रक्रिया अगाडि बढाउने सर्वदलीय बैठकबाट सिफारिस गर्ने निर्णय भएपछि तत्काल आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ।
यता विरोधमा आज (बुधबार) साँझ जसपाका कार्यकर्ताहरूले राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् । राजविराजस्थित शिव मन्दिर प्राङ्गणबाट निस्किएको जसपा नेता कार्यकर्ताहरूको जुलुस नगरको विभिन्न भागमा परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयको मूल गेटमै जसपा कार्यकर्ताहरूले टायर बालेर प्रदर्शन गर्न थालेपछि केहीबेर प्रहरी र जसपा कार्यकर्ताबीच घम्साघम्सीसमेत भएको थियो ।
घटना मिलाउन स्थानीय प्रशासन र दलका प्रतिनिधिहरूबीच वार्ता भएको छ । वार्ताले दुईबुँदे सहमति गरेको छ । सहमतिअनुसार जसपा सप्तरीका अध्यक्ष यादवमाथि कुटपिट गर्ने प्रहरी निरीक्षकलाई निलम्बन गरी आवश्यक कारबाही गरिने र यसकै कारण अब जसपाले आन्दोलन स्थगित भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
सप्तरीको महदेवा गाउँपालिकाको एक घटनाका सम्बन्धमा मंगलबार जिल्ला प्रहरी कार्यालयमा भइरहेको पञ्चायतीका क्रममा विवाद भएपछि प्रहरी निरीक्षक थापाले जसपाका सप्तरी अध्यक्ष यादवमाथि कुटपिट गरेको थियो । कुटपिटबाट यादवको अनुहारमा चोट लागेको हो ।
घटनाको विरोधमा जिल्लास्थित सम्पूर्ण राजनीतिक दलहरूले संयुक्त रुपमा जसपा अध्यक्ष यादवमाथि कुटपिट गर्ने प्रहरी निरीक्षक थापामाथि कारबाहीको माग गरेको छ । यता जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक थापालाई मधेस प्रहरी गण जनकपुर सरुवा गरेको छ ।
मंगलबार महादेवा गाउँपालिकाको एक जनाको मुद्दामा छलफल गर्न जिल्ला प्रहरी कार्यालय गएका यादवमाथि इन्स्पेक्टर नविन थापा द्वारा कुटपिट गरिएको विरोधमा उनको समर्थक मङ्गलबारदेखि नै आन्दोलित बनेका छन् ।
यता आज सीडीयो कार्यालयमा बसेको सर्वदलीय बैठकबाट इन्स्पेक्टर नविन थापा मगरलाई निलम्बन गरी आवश्यक प्रकृया आगाडि बढाउने निर्णय गरे सँगै आन्दोलनका समर्पुण कार्यक्रम स्थगित भएको सर्वदलीय बैठकबाट निर्णय समेत गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |