काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको पार्टी विधान अधिवेशनको कार्यक्रम लम्बिएको छ ।
यही चैत्र २७ देखि २९ गते सम्म गर्ने भनिएको अधिवेशन निर्धारित समयमा आवश्यक तयारी पूरा नभएकोले र वैशाख १० गते हुनलागेको उपनिर्वाचनको कारण पूर्वनिर्धारित समय परिवर्तन गर्नु परेको जसपाले जनाएको छ ।
अब आगामी जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय जसपाले गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |