जनकपुरधाम, २७ चैत्र ।मधेश प्रदेशको राजधानी जनकपुरमा संचालित मेयर कप टी–२० प्रतियोगिता अन्तर्गत सोमबार भएको दोस्रो खेलमा सप्तरीले काठमाडौँ टिमलाई ५ रनले पराजित गर्दै बिजयी सुरूवात गरेका छन् ।
टस जितेर ब्याटिङ्ग गरेको सप्तरीले २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रनको योगफल खडा गरेका थिए । काठमाडौँलाई १०२ रनको लक्ष्य दिएकोमा २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सके ।
टस जितेर ब्याटिङ्ग गरेको सप्तरीको तर्फबाट रोहन विकले सर्वाधिक ४० रन बनाए । यस्तै, अभिशेक कार्कीले १२ र विकास दासले १० रन बनाउँदा बाँकी खेलाडीले दोह्रो अंकमा रन बनाउन सकेनन् ।
बलिङ्गमा काठमाडौँका इशान पाण्डे र गजेन्द्र बोहराले ४/४ विकेट लिए भने गौतम केसीले १ विकेट लिए ।
१०२ रनको लक्ष्य लिएर ब्याटिङ्ग गर्न आएका काठमाडौँ २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सके । काठमाडौँको लागी अशोक पौडेलले सर्वाधिक २४ रन बनाए त्यसतै गजेन्द्र बोहरा १७, खडक बोहरा ११ र समिर कँडेलले १० रन बनाए । बाँकी खेलाडी दोह्रो अंकमा रन बनाउन सकेनन् ।
खेलको म्यान अफ दि म्याच सप्तरीका रोहन बिक घोषित भएको सप्तरी क्रिकेट सँघका सदस्य शंभु दासले जानकारी दिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |