राजविराज, ३० चैत्र । सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही स्थित नहर चौकमा सशस्त्र प्रहरी र महिला तस्कर बिच कुटाकुट भएका छन् । भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउँदै गरेको समान सशस्त्र प्रहरीले जफत गर्दा कुटाकुट भएको हो ।
भारतको कुनौलीबाट किराना समान सहित सिटी रिक्सामा आँउदै गरेकी महिला तस्करलाई रोक्न खोज्दा दुवै बिच कुटाकुट भएको स्थानीयले बताए । दिनहुँ महिला, पुरुष तथा बालकालिका हरूले भारतको कुनौलीबाट विभिन्न समान ल्याउँदा कतिपय समान प्रहरीहरूको संगलतामै ओसार पसार हुने गरेको जनगुनासो छ ।
विहीबार बरही नहर चौकमा भएको दुई पक्षीय कुटाकुट पनि रकम लेनदेनकै विवाद रहेको स्थानियको भनाई छन् । यता दुई पक्षीय कुटाकुटमा भारतबाट समान ल्याइँदै गरेकी महिलाले आफूबाट समान छोडने सर्तमा पैसा लिएर समान समेत नछोडने र दुर्व्यववहार समेत गर्न खोजेको आरोप लगाएकी थिइन ।
ड्युटीमा रहेका सशस्त्र प्रहरी इनचार्ज राम नारायणले तस्कर गरि ल्याउँदै गरेको समान पक्राउ गर्दा आफूहरू माथि महिला तस्करले हातपात गरेको बताए । सशस्त्र प्रहरी इन्चार्ज राम नारायणका अनुसार टोलीमा महिला प्रहरी नरहेकाले केही हातपात भएको स्विकारे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |