राजविराज, २ बैशाख । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र क्षेत्रिय कार्यालय राजविराजको आयोजनामा शुभकामना आदानप्रदान सम्पन्न भएको छ। शनिवार ओम् शान्ति भवनमा नव वर्ष २०८० र जुडशीतल (सिरुवा) पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान सम्पन्न भएको हो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र क्षेत्रिय कार्यालय राजविराजकी मुख्य संचालिका ब्रह्माकुमारी भगवती दिदीको अध्यक्षता तथा राजविराज नगरपालिकाको पूर्व मेयर शैलेश कुमार चौधरीको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान सम्पन्न भएका हुन ।
वर्तमान समय संसारमा कलकलेश परचिन्तन, प्रदर्शन बढिरहेकोले नैतिकवान् र चरित्रवान् समाज बनाउन घर घरमा ओम् शान्ति ज्ञानको आवश्यकता रहेको प्रमुख अतिथी पूर्व मेयर चौधरीले ओइल्याउनु भयो । यसैगरी राजयोग सेवा केन्द्रकी मुख्य सञ्चालिका ब्रह्माकुमारी भगवती दिदीले स्व-परिवर्तन बाट विश्व परिर्वतन शिव बाबाको मूल मन्त्रलाई आत्मसात गरे विश्व परिवर्तन हुन धेरै समय लाग्न सक्दैन र वर्तमान समयमा एक आपसमा समझदारी गरेर अगाडि बढनुको कुनै विकल्प नरहेको बताईन ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र क्षेत्रिय कार्यालय राजविराजका वरिष्ठ भ्राता ब्रह्माकुमार दिपकराज सुवेदी द्वारा संचालित कार्यक्रममा समाजसेवी हरेकृष्ण प्रसाद सिंह, जेष्ठ नागरिक मधेस प्रदेशका अध्यक्ष शंकर सारदा, सामुदायिक प्रहरी सेवा मञ्चका अध्यक्ष हित नारायण लाल दास, व्यापारी हरीराम जोसी, ई. सन्टु सिंह, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देव, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष दिनानाथ यादव लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा समाजसेवी हरेकृष्ण प्रसाद सिंह (हरि बाबु) को ८० वर्षमा प्रवेश गरेको अवसरमा केक काटेर जन्म दिन समेत मनायो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |