राजविराज, ०३ बैशाख । सप्तरीको राजगढ गाउँपालिकामा आइतबार एक युवकको विषसेवन बाट मृत्यु भएको छ ।
राजगढ गाउँपालिका- ६ ईनर्बा बस्ने मुस्तकिम मियाँको छोरा बर्ष ३२ को मो. इजराईलको विषसेवन बाट मृत्यु भएको हो ।
घरायसी बादविवादको कारण मुसा मार्ने विषादी सेवन गरी सिकिस्त बिरामी भएका उनको उपचारकाको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |