चितवन । चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फेरी निर्वाचित भएका छन् । मतगणनाको अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत ल्याएर निर्वाचित भएका छन् ।
लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत प्राप्त गरे । उनीहरुबीच ४२ हजार ९ सय ६२ मत अन्तर रहेको छ । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए ।
आइतबार सम्पन्न निर्वाचनमा कुल ७८ हजार २ सय ७७ मत खसेको थियो । नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन–२ मा उपनिर्वाचन भएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |