राजबिराज, १२ बैशाख । हनुमाननगर कंकालनी नगरपालिकाकाे आयाेजनामा प्रथम मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियाेगिताकाे उदघाटन खेलमा कंचनपुर र छिन्मस्ता बिजयी भएका छन ।
मंगलवार मधवापुर खेलमैदानमा पहिलाे खेलमा हनुमानगर रेड टिमलाई ६ बिकेटले पराजित गर्दै कंचनपुर क्रिकेट टिमले १४ ओभर ४ बलमा ४ बिकेट गुमाएर ६ बिकेट जित हात पारेकाे हाे ।
यसैगरी दाेस्राे खेलमा रूपनीलाई ९ बिकेटले पराजित गर्दै छिन्मस्ता गाउपालिका बिजयी भएका छन ।
रूपनीले दिएकाे ५८ रनकाे लक्ष्य लिएका छिन्मस्ताले १ बिकेट गुमाएर बिजयी सुरूवात गरेकाे हाे । जसमा दयान्नद अमात्यले २७ रन अविजित र फिर्दाेस अन्सारीले २० रन बनाएपछि जित सहज भएकाे थियाे ।
उक्त खेलमा उत्कृष्ट बलिंग गर्दै रूपनीका ७ वटा खेलाडीलाई आउट गरेका छिन्मस्ता गाउपालिका टिमका फिर्दाेस अन्सारी म्यान अफ द पलेयर घाेषित भएका थिए ।
पहिलाे खेलमा कंचनपुर टिमका अभिषेक गाैतम ५२ रन, मदन चाैधरी तथा उमेश चाैधरीले अविजित खेल्दै १५ रन बनाएपछि जित सहज भएकाे हाे ।
टस जितेर हनुमानगरले १६ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय ७ रनकाे याेगफल खडा गरेका थिए । जसमा सनत खडगा ३० रन, प्रज्जवल झा २७ रन जाेडेका थिए ।
बलिंग तर्फ कंचनपुरका असलम शेख र अभिषेक गाैतम ३/३ बिकेट र उमेश चाैधरी तथा मुकेश सिँहले १/१ बिकेट लिएका थिए ।
खेलकाे म्यान अफ दि प्लेयर अभिषेक गाैतम घाेषित भएकाे आयाेजकले जनाएकाे छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |