राजविराज, १३ बैशाख । प्रदेश सभा सदस्य किरण कुमारी साहले राजविराज ७ स्थित भगवती मन्दिर पोखरीको सौन्दर्यकरणको लागि शिलान्यास गरेकी छिन् ।
बुधवार प्रदेश सभा सदस्य साहले आफ्नो संसदीय विकास कोषबाट बजेट लगाई उक्त पोखरीमा छठ पुजाका लागी घाट निर्माण कार्याको शिलान्यास गरेकी हुन ।
साँसद साहले यस पटक उपलब्ध बजेट अनुसार भगवती मन्दिर पोखरी छठीघाट निर्माण कार्यको थालनी गरेर अगामी आर्थिक वर्षहरुमा उपलब्ध हुने थप बजेट समेतलाई क्रमशः पोखरीको चारै तीर घाट निर्माणको कार्य सम्पन्न गराउने प्रतिबद्धता जनाएकी छिन् ।
उक्त पोखरीमा पुजाघाट निर्माणले राजविराज नगरपालिकाको मुृख्य वस्तीका हजारौ जनता लाभान्वित हुने विश्वास लिइएको छ ।
प्रदेश सभा सदस्य साहले आफ्नो संसदिय विकास कोषबाटै राजविराज नगरपालिकाको वडा नंं ४ मा केही दिन भित्रै सेफ हाउसको निर्माण कार्य समेत शूरु गरिने जानकारी दिएकी छिन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |