राजविारज । सप्तरीमा घरेलु हिंसा गर्ने डाक्टरसहित उनको परिवारलाई मंगलबार अदालतबाट सजाय भएको छ । सप्तरी जिल्ला अदालत बाट राजविराज नगरपालिका–५ स्वर्ण टोलका ३१ वर्षीय डाक्टर उज्जवल देवसहित उनको परिवारलाई जरिवानाको फैसला भएको हो ।
श्रीमान, सासु, ससुराबाट घरेलु हिंसामा परेकी राजविराज ५ निवासी करिश्मा चौधरीले न्याय पाएकी छिन । चौधरीमाथि घरेलु हिंसा गर्ने सोही वडा निवासी श्रीमान् डा. उज्जवल देवसहित उनका परिवारलाई सप्तरी जिल्ला अदालतबाट जरिवाना लगायत विभिन्न फैसला सुनाएको छ ।
अदालतले करिश्मामाथी घरेलु हिंसा भएको ठहर गर्दै उनका श्रीमान डा।देव, ससुरा शशीकान्त देव, सासु पुर्णिमा देव र देवर उत्सव देवलाई जनही ३ हजार रुपैयाँ जरिवाना हुने पैmसला गरेको हो । न्यायाधीश हरिशचन्द्र इङ्गगनामको इजलासबाट भएको फैसलामा पीडितले अंश र भरण पोषण वापत मानाचामल खर्च पनि पाउने पीडकबाट प्रति महिना १० हजार रुपैयाँ मानाचामल भरण पोषण वापत खर्च पाउने अदालतको फैसलामा उल्लेख छ । यस्तै देव परिवारको जायजेथाको चार भाग अंश लगाई त्यस मध्ये एक भागको आधा करिश्माले पाउने भएकी छिन ।
विराटनगरमा अध्ययनरत रहेका बेला डा।देव र करिश्मा बीच प्रेम गासिन पुगेको थियो । पछिल्लो पटक निजामती कर्मचारी अस्पताल काठमाण्डौमा कार्यरत डा. देवले मोरंग जिल्ला अदालतमा २०७५ असोज १९ गते विवाह दर्ता गर्न आवेदन गरी सहमति पत्र संलग्न राखी सही छाप समेत गरेका थिए ।
२०७६ साल असोज २८ गते दुवैले आफन्तजनको उपस्थितमा सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा विवाह गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |