जनकपुर, १७ बैशाख । अनुचित लेनदे (मिटरब्याज) पीडितको माग सम्बन्धी गठित जाँचबुझ आयोगको केन्द्रीय कार्यालय मधेश प्रदेशको राजधानी जनकपुरमा स्थापना गरिएको छ । आज उक्त कार्यालयको उद्घाटन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका हुन् ।
कार्यालय स्थापना भएसँगै पीडितहरूलाई निवेदन दिनको लागी आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए । निवेदन वैशाख १७ देखि ३१ गतेसम्म १५ दिनभित्र दिनुपर्ने आयोगले जनाएको हो ।
पीडितहरू सँग उपलब्ध रहेका सबुत प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनसक्ने आयोगका अध्यक्ष कार्कीका बताए । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजपीडित सहायता कक्ष स्थापना गरिएको र सोही कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध हुने पनि उनले जानकारी गराए ।
मिटरब्याज पीडितको आन्दोलनको क्रममा सहमति अनुसार सरकारले गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |