राजविराज । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष व्यास शंकर उपाध्याय सम्मानित भएका छन ।
नेपाल पत्रकार महासंघ शाखा रौतहटले आयोजना गरेको सम्मान कार्यक्रममा पूर्व अध्यक्ष उपाध्यायलाई मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवले दोसल्ला सहित सम्मानपत्रबाट सम्मान गरेका हुन ।
मुख्य मन्त्री यादवले विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना सहित पत्रकारहरूको विकास र जनतालाई भलो गर्ने बताए । कार्यक्रममा मधेश प्रदेश पत्रकार महासंघका अध्यक्ष राजेश कर्ण, रौतहट शाखाका अध्यक्ष प्रेम चन्द्र झा लगायतले प्रेस स्वतन्त्रता दिवसमा शुभकामना दिएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |