राजविराज, २१ बैशाख । वैदेशिक रोजगारीका नाममा विचौलियाला बाट ठगीमा परेका सप्तरीका तीन जनाको रुपैयाँ फिर्ता भएको छ ।
ठगीएका ४ लाख ७० हजार रुपैयाँ प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको पहलमा आज विहिबार उक्त रकम फिर्ता भएको हो ।
सप्तरी जिल्लाको तिरुहुत गाउँपालिका-५ का महेश कुमार मण्डलको पत्नी गंगा वती देवी मण्डललाई १ लाख ६५ हजार, देव कुमार मण्डलको पत्नी रामवती कुमारी मण्डललाई १ लाख ६५ हजार र श्याम कुमार मण्डलको पत्नी लिलम देवी मण्डललाई १ लाख ४० हजार ठगीएका रकम फिर्ता गराइएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |