राजबिराज, २३ बैशाख । मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । सो अवसरमा राजबिराज कावा उपमेयर ईसरत प्रविणले समुदायमा स्वास्थ्य सेवालाई सरल, सुलभ, ब्यबस्थित, मर्यादित बनाई उचाइमा पुरयाउनुपर्नेमा जोड दिइनँ ।
उनले स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउदै राजबिराज नगरपालिका मातहतका सबै स्वास्थ्य चौकीमा खानेपानीको ब्यवस्था गर्ने बताइनँ।
उद्घाटन सत्रमा बोल्दै मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रिय अध्यक्ष बालकिशोर यादब लयाउन लागिएको संघीय निजामती ऐेनमा स्वास्थ्यकर्मीहरू को हकहित नहुने शंका सँगै विभेद गर्न लागिएकोले सबै संगठित भई आन्दोलनको तयारीमा गर्नुपर्ने बताए । कर्मचारी समायोजन ऐेनको ग्यारेन्टीको लागि सबैलाई संगठित भएर एक स्वरमा संर्घष गर्नु जरूरी देखिन्छ।
स्थानीय तहमा सरुवा गर्ने प्रावधान सहमतिको आधारमा सरुवा गर्न सकिन्छ, ऐेनमा व्यवस्था छ, तह पनि परिवर्तन हुदैन, उनले भने, सप्तरी जसपा जिल्ला अध्यक्ष केदार यादवले वर्गीय संगठन मजबुत नहुन्जेल पार्टी मजबुत नहुने बताउँदै भने सबै संगठनहरू एकजुट एकीकृत हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा मधेश प्रदेश स्वास्थ्यकर्मी नेपालका अध्यक्ष शिव शंकर यादबले स्थानीय तहमा स्वास्थ्यकर्मी कर्मचारीलाई प्रदेशस्तरमा समायोजन र सरुवा बढुवाको प्रावधान राख्नुपर्नेमा जोड दिएका छन् । उनले भने मधेशी स्वास्थ्यकर्मी फोरमको हरेक पालिकामा संगठन बिस्तार गरी एकजुट हुनुपर्नेमा जोड दिए ।
यसैगरी मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रिय सदस्य देव चौधरीले स्वास्थ्यकर्मीको पेशागत हकहितका लागी देखिएका समस्याहरू प्रति संगठन मजबुत हुनुपर्नेमा जोड दिएका छन् । जिल्ला अध्यक्ष अध्यक्षता भूषण सुनरैतको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्वास्थ्यकर्मीहरूको पेशागत हकहितका लागि सबै एकीकृत हुनुपर्नेमा सहभागीहरूले जोड दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |