राजबिराज, २३ बैशाख । मधेशी स्वास्थ्यकर्मी फोरम, नेपाल सप्तरीको तेस्रो जिल्ला अधिवेशनवाट रामकुमार यादबको अध्यक्षतामा १५ सदस्यिय कार्य समिति चयन गरिएको छ ।
शनिवार सम्पन्न बन्द सत्र वाट उपाध्यक्ष कृष्ण कुमार महासेठ, सकुन्तला कुमारी मण्डल (महिला) कपिल देव साह (आयुर्वेद) रहेको छ । यसैगरी सचिवमा कृष्णदेव गोईत, सहसचिवमा अमर कुमार साह, कोषाध्यक्षमा रामचन्द्र यादबलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरूमा नारायण चौधरी, अनिल बरबरिया, राजेश कुमार यादब, मनोज कुमार यादब, शैलेन्द्र सुमन यादब, संजय कुमार साह, अमर आनन्द, नरेश कुमार यादब (आयुर्वेद) लाई सर्वसम्मतिवाट चयन गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |