राजविराज । नेपाल सरकारले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष तथा समाजवादी प्रेस सङ्गठनकी संस्थापक सदस्य अम्बिका दाहाललाइ सम्मान गरेको छ ।
मन्त्रालयले निष्पक्ष, उत्तरदायी, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत दाहाललाई कदरपत्रसहित एक लाख प्रदान गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |