काठमाण्डौ । प्रतिनिधि सभाको सोमबारको बैठकमा नेपाली कांग्रेसबाट छुट्टिएर स्वतन्त्र सांसद बनेका अमरेश कुमार सिंहले लुगा खोलेर विरोध जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समयको माग गरेको थियो ।
सभामुखले समय नदिएपछि त्यसको विरोधमा उहाँले सर्ट र गन्जी खोलेर विरोध जनाएको थियो । संसद् बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गर्नुभयो ।
नेपाली संसदीय इतिहासमा यो पहिलो घटना हो । विरोधको नौलो शैली देखियो । सभामुखले पटकपटक मर्यादा ख्याल गर्न आग्रह गरेपछि मा सिंह लुगा लगाएर बैठकमै सहभागी भए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |