राजबिराज, ३१ बैशाख । पूर्व उप–प्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य मा. उपेन्द्र यादब, मधेश प्रदेश मुख्यमन्त्री सरोज कुमार यादव र शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशकुमार यादवले संयुक्त रूपमा मधेश कृषि विद्यालयमा बीएससी एजीको पठनपाठन औपचारिक रुपमा शुभारम्भ गर्नुभएको छ ।
मधेश सहित अन्य प्रदेशबाट भर्ना लिएका ५० जना विद्यार्थीहरु बीएससी एजीको कक्षामा भोलीदेखि सहभागी हुने अवसर पाएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्य हुँदा मधेश प्रदेश सरकारमा विशेष पहल कदमी लिएर सप्तरीमा मधेश कृषि विश्वविद्यालय स्थापना गराउनुका साथै आवश्यक बजेट विनियोजन गर्न लगाउनु भएको थियो ।
विश्वविद्यालयका रजिष्ट्रार डा. भगवान ठाकुरका अनुसार हाल कृषि स्नातक कक्षा शुभारम्भ भए पनि पीएचडीसम्मको अध्ययन अध्यापनका साथै कृषिमा अनुसन्धानहरु हुने छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |