राजबिराज, १ जेठ । राजबिराज वडा १२ स्थित दमाबतीको आधारभुत विद्यालयको बाउन्ड्री निर्माण हुने भएको छ ।
सोमवार प्रदेश सभा सदस्य किरण कुमारी साहले बिधालय बाउन्ड्रीको शिलान्यास गर्न शिलान्यास गरेकी छिन । विद्यालयमा बाउन्ड्री पर्खाल नहुदाँ बिधालय संचालन सँगै पठनपाठनमा कठिनाइ हुने गरेकोले बाउन्ड्री बनाउन लागेको जसपा नेतृ समेत रहेका साहले बताइनँ । उनले आफ्नो संसदीय कोषबाट कुल ५ लाखको लागतमा बाउन्ड्री बनाउन लागेको बताइनँ ।
सो अवसरमा प्रदेश सभा सदस्य किरण साहले विकासको मूल आधार शिक्षा रहेकोले यसलाई अभियानको रुपमा सुदृढीकरण गर्नुपर्नेमा जोड दिइनँ । आधारभुत बिधालय दमावतीको पूर्वाधार नाजुक अवस्थामा रहेको उक्त विद्यालयको लागि संसदीय कोषबाट बाउन्ड्री बाल निर्माण कार्यको शिलान्यास गरेको बताइनँ ।
कार्यक्रममा जसपा स्थानीय नेता शैलेन्द्र यादव, राम अवतार यादव लगायत स्थानीय वडावासीहरूको उपस्थिति रहेको थियो । उक्त बाउन्ड्री वालको निर्माण जेष्ठ मसान्त भित्र सम्पन्न गर्ने उपभोक्ता समितिले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |