राजबिराज, ०७ बैशाख । जलवायु जन्य हानी तथा नाेकशानी जलवायु परिवर्तन सिर्जित सम्बन्धमा बाढी प्रभावित पालिकाका सरोकारवालाहरू सँग कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
आइतबार राजबिराजमा तथ्य र आवश्यकतालाई मध्यनजर गर्दै दिगो विकास इन्स्टिच्युट र सबल नेपालको सहकार्यमा जिल्लाकाे तिलाठी काेईलाडी गा.पा र हनुमाननगर कंकालिनी नगरपालिका सँग गोष्ठीको आयाेजना गरिएको हाे ।
जलवायु- जन्य हानी तथा नोक्सानीको जनचेतना बिकसित गर्नै साथै समुदायहरूकाे उत्थान शिलता र अनुकुलन क्षमता बढाउने लक्ष्यका साथ प्रारम्भिक जिल्ला स्तरीय गाेष्ठी गरिएकाे सबल नेपालका असाेक साहले जानकारी दिएका छन् । जलवायु परिवर्तनले समुदायमा पारेकाे असर, प्रकाेपलाई मध्यनजर गर्दै योजना बनाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएको छ ।
कार्यक्रममा समुदायमा जलवायु उत्थानशिलता बढाउने र जलवायु परिवर्तनकाे असर न्यूनिकरण गर्न अभियानमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विषयमा हामी पूर्णरूपमा विश्वस्त हुनुपर्ने सबल नेपालका परमेश्वर झाले बताए । साे अवसरमा दिगो विकास इन्स्टिच्युटका निर्देशक अभिषेक श्रेष्ठले जलवायु- जन्य हानी तथा नोक्सानी सम्बन्धी कार्यक्रमको सुरुवात भएको जानकारी दिए । त्यस्तै कार्यक्रम संयाेजक प्रयास अधिकारी लगायतले प्रशिक्षण दिएका थिए ।
उक्त गोष्ठीमा हनुमाननगर कंकालिनी नगरपालिका अध्यक्ष बिरेन्द्र माझी, तिलाठी काेईलाडी गाउपालिका उपाध्यक्ष फुलकुमारी साह, प्रमुख प्रशासकीय अधिकृत हरीमाेहन सुतिहार, तिलाठी गाउपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र यादब लगायत पालिकाका जनप्रतिनिधिहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियाे ।
प्रकोप जस्तै भुकम्प, हावाहुरी, आगलागी र जलवायु जन्य प्रकोप अन्तर्गत बाढी पहिराे, बेमाैसमी वर्षा र उच्चतम् तापक्रमलाई मध्यनजर गर्दै सावधानी अपनाई पालिकाहरूले दीर्घकालीन याेजना बनाउनुपर्ने सहभागीहरूले बताएका छन् ।
साे अवसरमा हनुमाननगर कंकालिनी नगरपालिका वडा १४ मा काेशीकाे बाढीले पुर्याएका क्षति सम्बन्धमा डकुमेन्ट्री प्रस्तुत गरिएको थियाे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |