राजविराज, ७ जेठ । सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ सोनरामा विगत ६ वर्षदेखि बन्द रहेको सार्वजनिक बाटो खुलेको छ । गाउँपालिकाका उपाध्यक्ष अर्चनाकुमारी यादवको पहलमा उक्त् बन्द रहेको सार्वजनिक बाटो आइतबारदेखि खुलेको हो ।
विगत ६ वर्षदेखि बन्द रहेको बाटो खुले पछि सयौ जना लाभान्वि हुने वडा सदस्य रामदेव सदा बताउँछन । बाटो खोलाउने अवसरमा वडाध्यक्ष जयश्वर किशोर दास, वडा सदस्यहरु कमल प्रसेला, लोसपाका युवा नेता सुरेन्द्र प्रसाद यादव, जसपाकानेता मनोज यादव, माओवादीका कृष्णदेव मण्डल, पत्रकार देवराम यादव, पकरी प्रहरी चौकी प्रमुख ,मो. फिरयाद लगायतको सहभागिता रहेको थियो ।
तराई मधेशमा बाटो मिचेर अतिक्रमण गरिएका घटना कुनै नौलो होइन । सर्वसाधारणले निर्बाध आवागमन गर्न पाउने अधिकारमाथि कुठाराघात गर्दै बाटो रोक्ने गरिएको घटनामा कमी आउनुको सट्टा बढेर गएको देखिन्छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |