राजविराज, ०९ जेठ । सप्तरीमा मंगलबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा महादेवा गाउँपालिका -६ ढिकली बस्ने सहस मण्डलको २५ बर्षको छोरा जवाहर मण्डल रहेका छन् ।
आफनै घरको जस्ता छाउने क्रममा करेन्ट लागेको जवाहरलाई उनका काका ५१ बर्षको उमेश मण्डलले करेन्टबाट छुटाउन खोज्दा दुबै जना घाइते भए । घाइते दुबै जनालाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराज ल्याएकोमा जबाहर मण्डलको जाँच गर्दा डाक्टरले मृत घोषणा गरे ।
उमेशको सोही अस्पतालमा उपचार भईरहेको र उनको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जनाएको छ ।
त्यस्तै रुपनी गाउँपालिका-६ बिरेन्द्र बाजार बस्ने नारायण थापाको ३२ बर्षको छोरा कुमार थापा करेन्ट लागेर घाइते भएका छन् । उनको युनिक अस्पताल रुपनीमा उपचार भईरहेको छ । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |