राजविराज, ०९ जेठ । धर्मी हल्फा महिला विकास क्लब लालापट्टी सप्तरीले राष्ट्रिय मानव अधिकार आयोग नेपालको सदस्य एवम् पूर्व न्यायाधीश मिहिर ठाकुरलाई सम्मान गरेको छ ।
मानव अधिकार तथा समाजसेवा क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दे क्लबका अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले विष्णुपुर गाउँपालिका -७ विष्णुपुर गाउँको दलित (राम) समुदाय टोलमा मंगलबार आयोजित एक कार्यक्रम बिच ठाकुरलाई सम्मान पत्र बाट सम्मानित गरेका हुन ।
सम्मान समारोहमा स्थानीय दलित अगुवा गंगा प्रसाद राम र पीडित उत्थान युवा क्लब बिष्णुपुरको अध्यक्ष जयदेव राम, कोषाध्यक्ष राम नाथ राम, तथा पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |