नई दिल्ली । पाच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले आईपीएल २०२३ मा शानदार पुनरागमन गरेको छ । चेन्नईमा खेलिएको एलिमिनेटरमा मुम्बईले लखनउ सुपर जाइन्ट्सलाई ८१ रनको ठूलो अन्तरले पराजित गर्दै क्वालिफायर २ मा स्थान पक्का गरेको हो । जहाँ रोहित एन्ड कम्पनीले गुजरात टाइटन्सको सामना गर्नेछ ।
मुम्बई इन्डियन्सको जितको नायक बने आकाश मधवाल । आकाशको उत्कृष्ट बलिङ । उनले ३.३ ओभरमा ५ रन दिएर ५ विकेट लिए । यो आईपीएल इतिहासमा अनक्याप्ड खेलाडीको उत्कृष्ट बलिङ फिगर हो। खेलमा १ सय ८३ रनको लक्ष्य पछ्याउँदै लखनउ सुपर जायन्ट्सले ३ विकेट गुमाएर ७८ रन बनाएको थियो । तर, त्यसपछि विकेटको यस्तो पतन भयो कि लखनउ सुपर जाइन्ट्स १०१ रनमा अलआउट भयो । खेलमा ५ विकेट लिने आकाश माधवाल प्लेयर अफ दि म्याच चुनिए ।
खेलपछि मुम्बईको जितका नायक बनेका आकाश मधवालले भने, ‘म निरन्तर अभ्यास गरिरहेको थिएँ र मौकाको पर्खाइमा थिएँ । मैले इन्जिनियरिङ गरें र त्यस समयदेखि टेनिस बल क्रिकेट खेल्दै आएँ किनभने यो मेरो जुनून हो । योर्करको बारेमा सोधिएको प्रश्नको जवाफमा आकाशले इन्जिनियरहरूको बानी छ कि उनीहरु छिट्टै सिक्छन् । म पनि यसको धेरै अभ्यास गरे र मौका पाएपछि मैदानमा देखाएको छु ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |