राजविराज, १२ जेठ । सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार विद्यालय द्धारा आयोजित हाउस वाईज क्रिकेट तुर्नामेंटमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजगढ गाउँपालिका -१ झुटकी हाल राजविराज नगरपालिका -५ बस्ने लक्ष्मण यादवको छोरा १५ वर्षीय पेसलान्नद यादवको बिहान मृत्यु भएको हो ।
राजविराज कुनौली रोडमा रहेको सो विद्यालयमा साउण्ड सिस्टम बजाउन विद्युतको पोलमा हुकिङ गर्न खोज्दा करेन्ट लागेर घाइते भएका विद्यार्थीलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा पुराएलगत्तै उनको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश कुमार सिंहले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । यता मृतकका आफन्तले भने विद्यालयको लापर्बाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । घटनाबारे विद्यालयका फाउण्डर तंथा प्रिन्सिपल नरेशप्रताप साहसँग बुझ्न खोज्दा समर्पक हुन सकेन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |